काठमाडौँ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ ।


ADVERTISEMENT


पार्टी विधि विधान अनुसार चल्न नसकेको भन्दै जसपाका केही सांसदहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले नयाँ पार्टीको नाम पुरानो दलबाट नेपाल शब्द हटाएर जनता समाजवादी पार्टी राखेका छन् ।


ADVERTISEMENT

# # #


नयाँ पार्टीको केन्द्रीय समिति अध्यक्षमा अशोक राई रहेका छन् भने संघीय परिषद् अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत छन् । जसपाका राजेन्द्र प्रसाद श्रेष्ठले आफुहरुको बहुमत सांसदको साथ रहेको र वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताए । अध्यक्ष यादवले पार्टी विधिसम्मत नभएकाले आफुहरुले छुट्टै पार्टी दर्ता गरेको बताए ।

त्यस्तै अशोक राईले आफुहरु अस्थीरताको पक्षमा नरहेको र सरकारलाई दिएको समर्थन निरन्तर रहने बताए । उनले अहिले आफुहरुले पार्टी बिभाजन नै गरेको जिकिर गरे ।

विधानमा भएका व्यवस्थालाई कुल्चेर नेतृत्व अघि बढेकाले आफुहरु चूप लागेर नवस्ने निर्णय गरिएको राइले बताए ।