Author: Himalaya Post

यसकारण एकदिन अगावै स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी

काठमाडौँ – चीन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर बुधबार नै स्वदेश फर्किएकी हुन् । राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । निर्धारित तालिकामा उनी बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम थियो । बेईजिङको औपचारिक कार्यक्रम सकेर मङ्गलबार तिब्बत पुगेकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्केकी हुन् । उनी चार्टर विमानबाट ल्हासा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् । हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपतिले भ्रमण छोट्याएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

Read More

आइपीएलमा दिल्ली र चेन्नईबीच ‘महाभिडन्त’, सन्दीप टिममा पर्ने सम्भावना

काठमाडौँ – १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज अंकतालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्स र दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सबीच भिडन्त हुँदैछ । चेन्नईको चिदम्बरम स्टेडियममा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली अंकतालिकाको शीर्ष स्थानमा यथावत रहने उद्देश्यका साथ मैदान उत्रिँदैछ । यसअघि आफ्नै घरेलु मैदानमा पराजय व्यहोरेको दिल्लीलाई बदला लिने अवसर पनि रहेको छ । यता पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको पराजयपछि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको चेन्नई आफ्नो घरेलू मैदानको फाइदा उठाउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । आजको खेल जित्ने टिम क्वालिफयर खेल १ खेल्नका लागि तय हुनेछ । त्यसकारण...

Read More

समय (कविता)

-बिन्दु अधिकारी ढकाल हेर, हेर्दा हेर्दै समय गयो खेर हिजो जस्तै आज अस्ति पनि भयो त्यस्तै । तर अब आजको जोहो सेकेण्ड सेकेण्ड जुट्नुछ । पञ्जा खोलेर तरबार बोकेर… आफैले न छेके आफैले न छोपे आफैले न रोपे पाइदैन कर्मको फल । गाउँदेखि शहर देश बाहिर परदेश टोल/छिमेक जहाँ जाऊ जता पुगूँ चर्चा समय कै… भाग्य चम्काउने/भाग्य रमाउने जहाँ/जता बलवान ऊ आउँछ फुत्त र जादाँ पनि उसैगरी भाग्छ लुसुक्क । हिड्ंदा हिंड्दा कपालको रंग पाक्छ सेताम्मे दारीजुंगा बूढो अर्धमूर्छित शरीर थाक्दा तर थाक्दैन समय पलपल एकदिन हार्छ मान्छे तर हार्दैन समय ।। ठेगानाः धनकुटा, हाल कोटेश्वर-३२,...

Read More

अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन आज फिजी तर्फ प्रस्थान गरेका छन् । आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राने छन् । बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैँक, ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ । दक्षिण एशियाली क्षेत्रिय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । यसका साथै सार्क विकास कोषको...

Read More

बालुवाटार जग्गा प्रकरणलाई लिएर भ्रम फैलाइयो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणलाई लिएर सिंगो पार्टी विरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जग्गा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले पदीय दुरुपयोग नगरेको दाबी गर्दै उनको बचाउ गरे । ‘२०६१ सालमा राजाको शासनका बेला जमिन किन्नुभएको रहेछ,’ उनले भने, ‘हडपेको नभई धेरैले किनबेच गरिसकेपछि थाहा नपाएर किनेको हो । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।’ पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले...

Read More