Author: Himalaya Post

किन हुन्छ कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापन ढिलाइ ?

काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन एउटा मात्रै नभई विविध कारणबाट ढिलाइ भएको स्पष्ट गरेको छ । शव व्यवस्थापन गर्नुअघि मृतकका आफन्त र अस्पतालले पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया समयमै नभएका कारण समयमै व्यवस्थापनमा चुनौती खडा भइरहेको सैनिक प्रवक्ता पौडेलले बताए। अस्पतालमा शवगृहको अभावमा मृतकलाई लामो समयसम्म शय्यामै राख्नुपर्ने अवस्था, मृतकका घरपरिवार र आफन्तबाट शव बुझ्न हुने ढिलाइले पनि समयमै शव व्यवस्थापनमा अप्ठेरो खडा भएको देखिएको छ । कतिपयका त आफन्त मुलुकबाहिर भएका कारण अस्पताल प्रशासनले उनीहरुको आग्रह पर्खनुपर्ने बाध्यता तथा निजी अस्पतालले उपचार खर्च भुक्तानी नपाएसम्म शव हस्तान्तरण नगर्ने एवं प्रमाणपत्र नदिने परिस्थितिले पनि...

Read More

कोरोनाको दोस्रो भेरियन्ट युवामा अधिक संक्रामक भन्नु भ्रामक

काठमाडौँ – चिकित्सकहरूले कोरोनाको दोस्रो भेरियन्ट युवाहरूमा बढी संक्रामक भएको बताउँदै आएका छन् । अघिल्लो वर्ष युवामा संक्रमण देखिएपनि त्यति भयानक नदेखिएकोमा यस वर्ष युवामा उच्च संक्रमण देखिएकाले अक्सिजनको सहायताले उपचार गर्नुपरेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । भारतमा संक्रमण उच्च भएपछि भारतीय चिकित्सक एवं राजनीतिज्ञहरूले समेत दोस्रो भेरियन्ट युवाका लागि जोखिमपूर्ण रहेको बताए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक भिडियो सार्वजनिक गर्दै युवामा उच्च संक्रमण देखिएकाले सतर्क हुन आह्वान समेत गरेका थिए । त्यस्तै नेपालमा पनि दोस्रो लहरले युवामा अत्यधिक प्रभाव पारेको विश्वास छ । यद्यपि, तथ्यले भने यसलाई प्रमाणित गर्दैन । सीएनएनले पुष्टि हुन नसकेका तथ्यहरु पेश गर्दै...

Read More

अस्थायी अस्पताल निर्माणमा जुट्यो सेना

काठमाडौँ – नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार सेनाले गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेहिया, वीरगञ्ज, रानी र काँकडभिट्टा नाका नजिक यस्ता पूर्वाधार निर्माण गर्न लागेको हो । काठमाडौँको हकमा भने सेनाले महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल वा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल कुनलाई प्रयोगमा ल्याउने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यद्यपि सेनाले त्रिचन्द्र अस्पतालबाट करिब ८० जनालाई कोरोना उपचार सेवा...

Read More

निको भएर घर फर्किए ८२ प्रतिशत संक्रमित, १७ प्रतिशत उपचाररत

काठमाडौँ – नेपालमा ८२ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ३ लाख ५१ हजार ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ८७ हजार ७९० जनाले कोरोनालाई पराजित गरेका हुन् । यसैगरी ५९ हजार ७९८ संक्रिय संक्रमित रहेका छन् । केही दिनयता कोरोनाको संक्रमण बढ्दै गएका कारण संक्रिय संक्रमितको संख्या बढेको देखिएपनि निको हुने दर उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म ३ हजार ४१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्, जुन संक्रमित हुनेको संख्याको शून्य दशमलव ९७ प्रतिशत मात्र हो...

Read More

नर्भिक ‘कोभिड अस्पताल’मा रुपान्तरण, बेड संख्या थप्ने गृहकार्य

काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणाको सिंहले स्वागत समेत गरे । नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई...

Read More