Author: Himalaya Post

एमाले अध्यक्ष र राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेको थिएँ : शेरचन

काठमाडौँ – गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । संविधान, नियम र कानूनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको बताउँदै उनले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे । आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा(एमाले)का अध्यक्ष र राष्ट्रपति डा रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका...

Read More

कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारप्रति असन्तुष्टि

काठमाडौँ – कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ । सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो । भारतबाट आउनेहरूको उचित व्यवस्थापन र अस्पतालहरूमा भएको अक्सिजन अभाव पूर्तिका लागि कुनै ठोस कदम नलिएको गुनासो बढेको छ । पहिलो चरणको कोरोना कहरको समयमा पनि आलोचित बनेको प्रदेश सरकार यसपटक झनै आलोचित बन्न पुगेको छ । सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले महामारीका बेला जनताको पक्षमा उभिएर भाइरस रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सरकार समस्याबाट...

Read More

कोरोना संक्रमणबाट निधन भएकाको शव बाग्मती किनारमै जलाइँदै

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइँदै । तस्बिरः प्रदीपराज...

Read More

निषेधाज्ञाकै बीच भक्तपुरमा बजार अनुगमन

भक्तपुर – भक्तपुर नगरपालिकाले कोभिड–१९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अनुसार पसल सञ्चालन भए नभएको र खाद्यवस्तुको मूल्यका बारेमा बजार अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा विनायक फुड स्टोरमा मूल्य सूचिमा मूल्य व्यवस्थित गर्नुपर्ने, म्याद नाघेको सामानहरु भ्यासेलिन, चामल,खाने तेल, हल्दी साबुनलगायत जफत गरी नष्ट गरि नगरपालिकामा तीनदिन भित्र उपस्थित हुन निर्देशन दिइएको थियो । बिनायक किराना कन्सर्नमा म्याद नाघेको सामान चिकेन मसला, चिल्ली पाउडर, सुजिपिठो, पेश्ता जफत नष्ट गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको समितिका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए। त्यस्तै जमुना किराना पसल, लक्ष्मी किराना...

Read More

कोरोनाबाट काभ्रेमा ७ जनाको मृत्यु

काठमाडौँ – कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज ७ जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् । मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ । पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल...

Read More