जनशक्तिको अभावमा प्रयोगविहिन बन्दै भेन्टिलेटर
जाजरकोट– अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन अवस्थामा रहेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारीको भनाई छ । यस्तै, प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सक बताउँछन् । असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद् भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताए । नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमा ल्याउन नसकेको अर्का स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले जनाएका छन्...
Read More