काठमाडौँ – चिकित्सकहरूले कोरोनाको दोस्रो भेरियन्ट युवाहरूमा बढी संक्रामक भएको बताउँदै आएका छन् ।


ADVERTISEMENT


अघिल्लो वर्ष युवामा संक्रमण देखिएपनि त्यति भयानक नदेखिएकोमा यस वर्ष युवामा उच्च संक्रमण देखिएकाले अक्सिजनको सहायताले उपचार गर्नुपरेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । भारतमा संक्रमण उच्च भएपछि भारतीय चिकित्सक एवं राजनीतिज्ञहरूले समेत दोस्रो भेरियन्ट युवाका लागि जोखिमपूर्ण रहेको बताए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक भिडियो सार्वजनिक गर्दै युवामा उच्च संक्रमण देखिएकाले सतर्क हुन आह्वान समेत गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै नेपालमा पनि दोस्रो लहरले युवामा अत्यधिक प्रभाव पारेको विश्वास छ ।

यद्यपि, तथ्यले भने यसलाई प्रमाणित गर्दैन । सीएनएनले पुष्टि हुन नसकेका तथ्यहरु पेश गर्दै युवाहरुमा उच्च संक्रमण भन्नु भ्रामक भएको बताएको छ । सीएनएनकाअनुसार दोस्रो लहरमा ३० वर्षमुनिका ३२ प्रतिशत युवामा कोरोना देखिएको छ । कोभिड कार्यदलका अध्यक्ष भिके पाउलले पेश गरेको तथ्यांकमा पहिलो लहरमा यो संख्या ३१ प्रतिशत रहेको बताइएको छ । दोस्रो लहर युवाका लागि बढी घातक भन्नु सरकारी तथ्यांकअनुसार नै गलत भएको सीएनएनको भनाइ छ । अघिल्लो वर्ष ३० देखि ४५ वर्षबीचका २१ प्रतिशत युवामा कोरोना देखिएकोमा यो वर्ष संक्रमणको प्रतिशत बढेको देखिएको छैन ।

सीएनएनकाअनुसार अघिल्लो वर्ष मृत्यु हुने मध्ये २० प्रतिशत ५० वर्षमुनिका रहेकोमा यस वर्ष यो संख्या १९ प्रतिशत मात्र छ । ‘युवामा कोरोनाको जोखिम अत्यधिक छैन उमेरगत हिसाबले संक्रमितको संख्यामा फरक देखिएको छैन,’ पाउलले भनेका छन् । यस वर्ष संक्रमितको संख्या नै उच्च भएकाले युवा तथा बालबालिकाको संख्या बढेको देखिनु स्वभाविक भएको उनको भनाइ छ ।

नयाँदिल्लीका मधुकर रेन्वो चिल्ड्रेन अस्पतालका वरिष्ठ चिकित्सक डा. चन्द्रशेखर सिँह बालबालिकामा बाहिर आएजस्तो कोरोनाको जोखिमपूर्ण अवस्था नरहेको बताउँछन् । उनले भनेका छन्, ‘बालबालिकालाई अस्पताल भर्ना गरेर अक्सिजन थेरापीबाट उपचार गर्नुपर्ने अजस्था छैन ।’