Author: Himalaya Post

प्रदेश २ मा मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन

जनकपुर- प्रदेश २ मा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायत व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।  प्रदेश २ को मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र उद्योग वन पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय सदस्य रहेका छन् ।सो समितिलाई हालै प्रदेशको आठ वटै जिल्लमा आएको बाढीबाट भएको क्षतिहरुको स्थलगत निरीक्षण र अनुगमन गरी पीडितलाई उपलब्ध गराउनु पर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी...

Read More

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

काठमाडौं – एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्ने एनसेलले जनाएको छ । कम्पनीका अनुसार प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसीमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहित मात्र रु...

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिमा कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने नियत छैन : प्ररराष्ट्र मन्त्रालय

काठमाडौँ – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने नियत नरहेको स्पष्ट गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाली भाषामा रामायणका लेखक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति कुनै पनि राजनीतिक विषयसँग सम्बन्धित नरहेको र कुनै पनि व्यक्तिको संवेदना र भावनामा ठेस पुर्याउने नियत नरहेको जनाएको छ । श्रीराम र उनीसँग सम्बन्धित धेरै स्थानका बारेमा बहुधा कल्पित कथा र प्रसङ्ग रहेको र सोही सन्दर्भमा प्रधानमन्त्रीले रामायण र श्रीरामसम्बन्धी विशाल सांस्कृतिक भूगोलका साथै राम...

Read More

कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

काठमाडौँ – सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको शरीरमा बनेको ‘एन्टीबडी’ झिकेर कोरोनाका गम्भीर बिरामीलाई दिने तयारी गएिको जानकारी दिए । “कोरोनाबाट अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएका बिरामीबाट ‘कान्भालेसेन्ट प्लाज्मा’ झिकेर दिँदा गम्भीर बिरामीलाई बचाउन सकिने अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ”, उनले भने, “त्यहीअनुसार नेपालमा पनि हामीले गम्भीर प्रकारका...

Read More

‘कि रोजगारी देऊ कि कोरिया पठाइदेऊ’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ – दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुपर्‍यो, कि कोरिया जान दिनुपर्‍यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी दीपेश...

Read More