काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान सरकारका लोकप्रिय कामको परिणाम नागरिकले अनुभूति गर्ने बताएका छन् ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले योजना बनाएर कामको शुरुआत गरेकाले परिणाम चाँडै आउने प्रस्ट पारे। उनले सरकारको राम्रो कार्यमध्ये यातायात सिण्डिकेट हटाउने कार्यबाट पछाडि नहटेको र यसलाई निरन्तरता दिइएको बताए।


ADVERTISEMENT

# # #


रक्षामन्त्री पोखरेलले नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी विधानअनुसार नै सञ्चालन भएको उल्लेख गर्दै तल्लो स्तरमा पार्टी एकीकरण सम्बन्धमा गृहकार्य भइरहेको बताए। नेपाली सेनाले आफ्नो प्रक्रियाअनुसार नै सेनामा बढुवा कार्य अगाडि बढाइरहेको उनले बताए।