काठमाडौं । डिसेम्बर २–३ मा अभिनेत्री प्रियंका चोपडा अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिदैछिन्। धेरैले हेर्न चाहेको विवाह अब हुँदैछ।


ADVERTISEMENT


अहिले प्रियंकाको घरलाई पनि विवाह लागेको छ। अहिले उनको घर बेहुलीजस्तै श्रृंगारिएको छ। सामाजिक सञ्जालमा प्रियंकाको घरको फोटो भाइरल भइरहेको छ।


ADVERTISEMENT

# # #


प्रियंका र निकको विवाहको मेहेन्दी र संगीत समारोह नोभेम्बर २९ मा हुँदैछ। निक हलिउड र बलिउड गीतमा नाँच्नेछन्। निक आफ्नो हुनेवाला श्रीमतिको लागि हिन्दी गीत पनि गाउँदैछन्। खबर अनुसार उनको प्रस्तुति ४५ मिनेटको हुँनेछ।

प्रियंका निकको विवाह दुई रिवाजबाट हुँदैछ । डिसेम्बर २ मा हिन्दु परम्पराअनुसार विवाह बन्धनमा बाँधिन लागेका जोडिले ३ डिसेम्बरमा क्रिश्चियन रिति अनुसार विवाह गर्दैछन्।