काठमाडौं । निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पतालमा यज्ञराज पन्तको उपचार भइरहेको छ । उनलाई ल्याउँदाको अवस्था भन्दा अहिले धेरै सुधार भएको डाक्टर सरोज ओझाले बताए। डाक्टर ओझाले तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि यज्ञराज पन्तको मानसिक स्वास्थ्य अवस्था सामान्य रहेको बताए।


ADVERTISEMENT

# # #


यज्ञराज पन्तको स्वास्थ्य परीक्षणकै क्रममा रहेको पनि डाक्टरले बताएका छन् । बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि धर्नामा बसेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि आइतबार उपचारका लागि उनलाई काठमाडौंको शिक्षण अस्पताल ल्याइएको हो ।