काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले काटेको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ ।
शाहले गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको पत्र बुझ्न नमानेका हुन् ।
पत्र लिएर महानगरपालिकाको टोली निर्मल निवास पुगेको थियो। ‘तर, पूर्वराजा शाहले पत्र बुझ्न मानेनन्, र त्यसपछि टोलीलाई त्यहाँबाट फिर्ता पठाइयो’, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ज्ञानेन्द्र शाहले पत्र अस्वीकार गरेपछि टोली यत्तिकै फर्किएको उनको भनाई छ ।