काठमाडौँ– सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसदलाई जानकारी दिने भएका छन् ।
सभामुख घिमिरेले गत शुक्रबार राति पक्राउ परेको जबराको जानकारी आज सदनमा सुनाउने भएका हुन् । यस घटनाले संसदमा चासो र बहसको माहौल सिर्जना गर्ने बुझिएको छ ।
राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो । त्यसमा संलग्न रहेको आरोपमा जबरा पक्राउ परेका हुन् ।
जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाएको छ ।