काठमाडौँ– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको जानकारी दिए ।


ADVERTISEMENT


इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागिएको जानकारी दिएका हुन्


ADVERTISEMENT

# # #


उनले बीमा क्षेत्रलाई सहज गर्न प्राधिकरणले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए । ओझाले बीमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन कायम राख्नुपर्ने भन्दै प्राधिकरणले आवश्यक नियामकीय हस्तक्षेप गर्ने स्पष्ट पारे ।

बीमा क्षेत्रले राष्ट्रलाई पुर्‍याउन सक्ने योगदानलाई ध्यानमा राखेर प्राधिकरणले काम गर्ने उनको भनाई छ । उनले यस क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थतकर्तालगायत सरोकार निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको जिकिर गरे ।