काठमाडौँ– भारत दूतावास, काठमाडौँले २३औं गोल्डेन जुबिली छात्रवृत्ति दिवसको अवसरमा करिब २०० छात्रवृत्ति प्राप्तकर्तासँग कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा. देवराज अधिकारी, विभिन्न विश्वविद्यालयका उपकुलपति र प्रमुख व्यक्तिहरूले उपस्थिति जनाए।
भारतका काठमाण्डूस्थित राजदूत नवीन श्रीवास्तवले दोस्रो बैचका मेधावी गोल्डेन जुबिली छात्रवृत्तिका प्राप्तकर्तालाई ‘अम्बासडर गोल्डेन जुबिली स्कॉलरशिप रोल अफ अनर’अवार्ड दिए। राजदूत श्रीवास्तवले आफ्ना सम्बोधनमा छात्रवृत्ति प्राप्तकर्तालाई बधाई दिँदै तिनीहरूलाई आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गरे र भारतको स्टार्टअप ईकोसिस्टम तथा सहकारी पहलकदमीहरूमा उपलब्ध अवसरहरूको बारेमा जानकारी दिए।
सन् २००२ मा भारत–नेपाल आर्थिक सहकार्यको ५० वर्षको अवसरमा स्थापना गरिएको गोल्डेन जुबिली छात्रवृत्तिले अहिले सम्म ३,५०० भन्दा बढी नेपाली विद्यार्थीलाई सहयोग पुर्याएको छ। यस वर्ष, २०० छात्रवृत्ति प्राप्तकर्ता चयन भएका छन्, जसमा ७५ जिल्लाका विद्यार्थीहरू रहेका छन् र तिनमा करिब एक तिहाइ छात्रा छन्। यस वर्ष ३ विशेष आवश्यकताका विद्यार्थीहरूलाई पनि चयन गरिएको छ।
यो छात्रवृत्ति कार्यक्रम भारत र नेपालबीचको शैक्षिक सहकार्यलाई थप सुदृढ गर्दै मानवीय स्रोत विकास र आपसी समृद्धिको लागि सहकार्यको महत्त्वपूर्ण हिस्सा बनेको छ।