काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक नरहेको बताएका छन् ।


ADVERTISEMENT


पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी सहित शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’

देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो । उनले बरु पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।