काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा सरकारको निराशापन देखिएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष लिङ्देनले अंकगणितको हिसावले सरकार बलियो देखिएपनि नीति तथा कार्यक्रममा सरकारको कुनै उत्साह नदेखिएको र यसमा निराशापन मात्रै देखिएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारलाई सरकारमात्रै नभइ अहिलेको व्यवस्था नै अनिश्चित छ भन्ने लागेको बताए । लिङ्देनले गणतन्त्र र संविधानमा भएका कतिपय व्यवस्थाको विरुद्धमा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउनेगरि कानुन बनाउन संविधानले नै निषेध गरेको उल्लेख गरे ।

लिङ्देनले आफूहरुको विरोध र प्रतिबन्ध लगाउने भन्दा पनि गणतन्त्रप्रति जनतामा आशा जगाउने काम गर्न सुझाव दिए ।

उनले फजुल खर्चको कारक नै प्रदेश संरचना भएकाले यसलाई खारेज गर्नुपर्ने र सवै अटाउने मौलिक व्यवस्था गर्नुपर्ने बताए । सरकारी निकायलाई शुद्धीकरण गर्ने भनिए पनि त्यसमा बिचौलियाको चलखेद हावी भएको उनको भनाइ छ ।