काठमाडौं– विप्लव माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भयो । यसैबीच विप्लव माओवादी निकट अखिल नेपाल सांस्कृतिक महासंघले सलमानको शो स्थगित भएकोमा खुशी व्यक्त गरेको छ ।


ADVERTISEMENT


महासंघका महासचिव खेम थपलियाले शो स्थगित हुनु ‘आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको जित’ भएको बताए ।


ADVERTISEMENT

# # #


यो शो रोक्नका लागि नियण्त्रकलाई दबाव दिने तयारीमा भएपनि बेलैमा आयोजकले बुद्धि पुर्‍याएको महासंघका महासचिव थपलियाले भने ।
उनका अनुसार भविष्यमा पनि शो आयोजना गर्न नदिने बताइएको छ ।

कार्यक्रम आयोजना भएको भए शान्तिपूर्णरुपमै दबाव दिएर कार्यक्रम रोक्ने योजना रहेको बताइएको छ