काठमाडौं– काठमाडौं प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै साढे ४ करोड ठग्ने एक महिलासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोशन कार्की, पुजा प्याकुरेल भुजेल र शक्ति भुजेल छन् ।


ADVERTISEMENT


पुजा र शक्ति श्रीमान श्रीमती हुन् । भारतबाट आर्कषक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै उनीहरुले ७ जनालाई ठगेका थिए । प्रहरीका अनुसार उनीहरुले पवन भण्डारीबाट २० लाख ५० हजार, मिङमार शेर्पाबाट २२ लाख ५० हजार, रविन्द्र श्रेष्ठबाट १८ लाख, राजकुमार मगरबाट २४ लाख, सन्दिप गुरुङ र कुमार मगरबाट २५/२५ लाख र ज्ञानकुमार लामाबाट १९ लाख रुपैयाँ लिएका थिए ।


ADVERTISEMENT

# # #


भारतबाट अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम लिएपछि पठाउन नसक्दा पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार पीडितहरु अझै हुनसक्ने र प्रहरीको सम्र्पकमा आउने बताइएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाका अनुसार यो समूहमा ५ जना छन् । अष्टे«लिया पठाउन नसक्दा उनीहरुले चेक दिएको र चेक वाउन्स भएपछि रहस्य बाहिर आएको हो । प्रहरीका अनुसार पीडितहरुलाई भारतमा लगेर १ महिनासम्म राखेर नक्कली भिसा समेत बनाइएको थियो । प्रहरीले उनीहरुलाई बैङिकङ कसुर अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।