राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउदै सत्ता समिकरण परिवर्तन पनि विदेशीको दबाब र प्रभावका कारण भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको उनले बताए । लिङ्देनले चूनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दबाब आउने गरेको धारणा राखे ।

मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारवाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उनले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे ।

उनले राजनीति गर्नेमान्छेहरु आर्थिक रुपमा इमान्दार हुनुपर्नेमा जोड दिए ।