काठमाडौँ – ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।


ADVERTISEMENT


मोबिल सङ्कलन गरी राखिएको एक टहरामा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएको प्रहरीले जनाइएको छ । आगलागीबाट रौतहट जिल्ला घर भई हाल ग्वार्को बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


घाइतेहरुको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । मोविलमा आगो सल्कदा पुरै टहरामा आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण टहरा पूर्णरुपमा जलेको छ ।