काठमाडौँ– बागमती प्रदेश सरकारले अनलाइन प्रणालीबाटै बाटो इजाजत पत्र उपलव्ध गराउने भएको छ ।


ADVERTISEMENT


मंगलबार यातायात व्यवस्था सेवा कार्यालय भक्तपुरमा आयोजित कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाईन पटके इजाजत पत्र भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । सो अवसरमा मन्त्री लम्सालले कार्यालयमा नगई अनलाइनमै इजाजत पत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने बताए ।


ADVERTISEMENT

# # #


यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालासँग पटक पटकको छलफल पछि पटके इजाजतलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन प्रणाली शुरु गरिएको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।