काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका विभिन्न जिल्लामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैँकले ‘ग्लोबल मनी वीक–२०२४’को अवसरमा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलवस्तु जिल्लाको खनुवाकामा उक्त वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT


बैँकले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बैंकका उपमाहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतीय कारोवार गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी प्रद्यान गरेका थिए ।

साथै उनले आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनुपर्ने बारेमा प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

विश्व बैंकको आहवनमा यस वर्ष मार्च १८ देखि २४ सम्मलाई ‘पैसा जोआऔँ, भविष्य सुर।क्षित बनाऔँ’ भन्ने भन्ने नारासहित बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।