काठमाडौँ– नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा चैत्र १६ गतेदेखि काठमाडौंमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नर्सरी व्यवसायी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा आगामी चैत १६ गतेदेखि १९ गतेसम्म एक्स्पो हुने जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रुपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरुको वृहत् प्रदर्शनीका रुपमा नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्न लागिएको मेला संयोजक रामजी कुँवरले जानकारी दिए ।

मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि सात सय भन्दा बढि प्रजातीका बोटबिरुवाहरुको प्रदर्शनी हुने उनले बताए । त्यस्तै मेलामा ७४ वटा व्यवसायिक ४ वटा फुड स्टल, ७ वटा अफिसियल तथा प्रतिष्पर्धाका ५ गरि जम्मा ९० वटा स्टल रहने कुँवरले जानकारी दिए ।

मेलाको ५० हजार बढिले अवलोकन गर्ने र रु १ करोड भन्दा बढिको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।