कैलाली – बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनका मतपेटिका बझाङ पुगेको छ ।


ADVERTISEMENT


सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाका ३ वटा केन्द्रका मतपेटिका शनिवार नै ल्याइने भनिएपनि खराब मौसमका कारण ल्याउन सकिएको थिएन ।


ADVERTISEMENT

# # #


आइतबार साइपाल गाउँपालिका वडा नं ३ को काडा माबि मतदान केन्द्र, वडा नं ४ को धुली मतदान केन्द्र र वडा नं ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याइएको हो ।

४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको निर्वाचन क्षेत्र भरिका मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेपछि मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।