काठमाण्डौं-१० खेलाडीमा सीमित गेटाफेसँग पराजित हुन पुगेपछि ला लिगाको उपाधि दावेदारको रुपमा अगाडी बढिरहेको भ्यालेन्सियालाई धक्का लागेको छ ।


ADVERTISEMENT


आइतबार राति भएको खेलमा गेटाफेसँग १-० को हार व्यहोरेपछि दोस्रो स्थानमा रहेको भ्यालेन्सिया शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी छोट्याउँने अवसरबाट बञ्चित भयो ।


ADVERTISEMENT

# # #


यो खेल जितेको भए । बार्सिलोनाभन्दा भ्यालेन्सिया २ अंकले मात्रै पछि हुन्थ्यो र तेस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ४ अंकले अघि हुन्थ्यो । हारका बाबजुद पनि भ्यालेन्सिया ३१ अंकसहित दोस्रो स्थानमा कायम रहेको छ ।

शीर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ भने तेस्रो स्थानको यथ्लेटिको मड्रिडको ३० अंक रहेको छ । सबैले समान १४ खेल खेलेका छन् ।

गेटाफेका मिड फिल्डर माउरो अराम्बर्री २५ औ मिनेटमा दोहोरो पँहेलो कार्ड खाँदै बाहिरएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । गेटाफेका मार्केल बेरगाराले ६६ औं मिनेटमा गरेको गालेनै निर्णायक बन्यो ।