काठमाडौँ– नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतले नेपाल खेलकुद महासंघ (नेकोस) मा संयोजकको जिम्मेवारी पाएका छन् ।


ADVERTISEMENT


आईतबार बसेको पदाधिकारी बैठकले बस्नेतलाई खेलकुद महासंघको संयोजकमा सर्वसम्मत रुपमा चयन गरिएको हो । यस्तै, बैठकले बस्नेतको संयोजकत्वमा १ सय ९९ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश १ को खेलकुद सदस्य सचिव समेत रहेको बस्नेतले वर्तमान अध्यक्ष रमेश पौडेल एमालेको केन्द्रिय सदस्यमा मनोनित भएपछि महासंघको जिम्मेवारी पाएका हुन् । एमालेको युवा संघबाट पार्टी राजनीतिमा परिचय बनाएका बस्नेत पछिल्लो समय खेलकुदमा आएका हुन् ।