काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैया पुगेको छ । आइतबार पहेँलो धातु प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँकायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ । रासस