काठमाडौँ– नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अघि बढ्न थालेको देखिएको छ ।


ADVERTISEMENT


आइतबार बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीसहित समिति सदस्यहरुसंग बसेको ब्रिफिङ बैठकमा लिमिटेडको सबै जानकारी लिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्ता प्रक्रियालाई छिटो अगाडि बढाउने आश्वासन दिएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त बैठकमा बैंकले आफ्ना सदस्यहरु मार्फत संयुक्त रुपमा गभर्नर अधिकारी समक्ष नेपाल सहकारी बैंकका अवधारणासहित दस्तावेजहरू बिफ्रिङ गरिएको थियो ।जसमा बैंकको अवधारणा पत्रलगायत सम्भाव्यता अध्ययन प्रतिवेदन समेत समावेश रहेको थियो ।

ब्रिफिङमा डेपुटी गभर्नरसंगै प्रमुख कार्यकारी निर्देशकलगायतको उपस्थिति देखिएको थियो । नेपाल सहकारी बैंक देशभरिका सहकारीहरूको हकहितलाई मध्यनजर गर्दै दर्ता गर्न लागिएको हो । बैंक सञ्चालनका लागि सहकारीहरूले केही निश्चित रकम जम्मा गर्नुपर्ने नीति रहेको छ ।

जसबाट सहकारीहरूले पनि कानूनी प्रक्रिया र मापदण्डअनुसार बैंकबाट ऋण लिन सक्नेछन्।