तानसेन – तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ ।


ADVERTISEMENT


नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ । शुक्रवार ३२ कर्मचारीको पिसीआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । रासस