काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठ ८ गतेदेखि पोखरामा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित उद्देश्यीय कभर्ड हलमा हुने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको संघले जनाएको छ । लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् । दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्ने संघले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए । प्रतियोगीताको टिकटबाट ३० लाख उठाउने लक्ष्य राखिएको उनले बताए । प्रतियोगीतामा भाग लिन जाने टीमको सम्पूर्ण व्यवस्थापन संघले नै गर्ने चन्दले बताए ।

संघका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया र विधागत उत्कृष्ट खेलाडीले २५–२५ हजार पुरस्कार पाउनेछन् ।