काठमाडौँ – राजावादी शक्तिहरूले आज मोटरसाइकल र्याली निकाल्दा काठमाडौँको बालाजु, कलंकी र बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ।
सुकेधारादेखि बल्खु सम्मको दूरीमा निकालिएको यस र्यालीले उक्त क्षेत्रको यातायातमा निकै अवरोध पुर्याएको छ।
राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका प्रमुख नेताहरू र्यालीमा सहभागी छन्।
र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र हिन्दूत्व झल्कने झण्डाहरू बोकेका थिए। उनीहरूले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको स्थापनासम्म संघर्ष जारी राख्ने घोषणा गरेका छन्।
समितिले आगामी जेठ १५ देखि जनआन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेको छ।