काठमाडौँ– काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपाल–भारत सीमामा नजान आग्रह गरेको छ ।


ADVERTISEMENT


दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’


ADVERTISEMENT

# # #


नेपाल–भारतको सीमा खुला रहेको बताउदैँ त्यसमा भनिएको छ, ‘व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’

भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपाल तथा भारत दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।