काठमाडौं – लामोसमयदेखि नेपाल आउन नपाएको भारतीय नम्बर प्लेटको यात्रुवाहक सवाारी साधन अब नेपाल आउन पाउने भएको छ ।


ADVERTISEMENT


कोरोना महामारीका कारण डेढ वर्षसम्म नेपाल आउन नपाएका भारतीय नम्बर प्लेटको यात्रुवाहक सवाारी साधन अब नेपाल आउन पाउने भएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल सरकारले यसको लागि अनुमति दिइसकेको छ । सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

यातायात विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काले भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताएका छन् ।

यससँगै नेपालभरका भन्सार विभागमा पत्र लेखेर भारतीय यात्रुबाहक सवारी साधनलाई नरोक्न निर्देशन दिएको पनि खड्काले बताएका छन् ।

अनुमति दिए पनि स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने बताइएको छ । यसबाट भारतीय व्यवसायी र यात्रुहरु खुशी भएका छन् । नेपालमा पनि यसले अर्थतन्त्र चलायमान हुने विश्वास गरिएको छ ।