काठमाडौँ – नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछानेले प्रतिष्ठित टी–२० क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् । उनी नवौँ संस्करणको सीपीएलका लागि त्रिंवागो नाइटराइडर्समा आवद्ध भएका हुन् ।


ADVERTISEMENT


विश्वका सबै फ्रेन्चाइज क्रिकेट लिगको अनुभव बटुलिसकेका सन्दीप लगातार चौथो पटक सीपीएल खेल्न लागेका हुन् । उनले नाइटराइडर्सबाट खेल्नका लागि आफू निकै उत्सुक रहेको र त्यो पक्कै पनि एक शानदार यात्रा हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


सन्दीपले अघिल्लो वर्ष जमाइका तल्ह्वाजबाट सीपीएल खेलेका थिए । तर, उनलाई यस वर्ष जमाइकाले रिलिज गरेको थियो । रिलिज भएसँगै उनी नाइटराइडर्समा आवद्ध भएका हुन् । पहिलो पटक सन् २०१८ मा एसटी किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलेका सन्दीपले २०१९ मा बार्बाडस ट्राइडेन्समा आवद्ध भएका थिए ।

पछिल्लो पटकसहित चार पटकको सीपीएल विजेता नाइटराइडर्स बलिउड अभिनेता साहरुख खानको टिम हो । यसको कप्तान किरण पोलार्ड रहेका छन् भने मुख्य प्रशिक्षक ब्रेन्डन म्याक्कुलम रहेका छन् ।