काठमाडौँ – पाँचौ राष्ट्रिय महमेला आगामी बैशाख २६ गते देखि ३० सम्म काठमाडौंमा हुने भएको छ ।


ADVERTISEMENT


नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायीक किट विकास निर्देशनालयको संयुक्त आयोजनामा महमेला आयोजना गर्न लागिएको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


ADVERTISEMENT

# # #


पाँचौ राष्ट्रिय महामेला अन्तराष्ट्रिय औद्योगिक मेला तथा घरेलु उद्योग महोत्सवको व्यानरभित्रै हुने नेपाल मौरी पालक महासंघकी महासचिव जानुकादेवी थापाले जानकारी दिइन् । स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह विक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उक्त मह मेलाको आयोजना गर्न लागिएको उनले बताइन्।

मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सुचनामुलक जानकारी, नवीनतम प्रविधिहरुको प्रदर्शनी अन्तरक्रिया, गोष्ठी लगायत हुने आयोजकले जनाएको छ ।