काठमाडौँ– राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेस दलबीच आज भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


भर्खरै सम्पन्न बाग्मती प्रदेश अन्तर्गत रिक्त रहेको एक जना राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका माननीय देवकोटाले आज नेपाली काङ्ग्रेसका दलसंग भटवार्ता सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा कांग्रेसका तर्फबाट कांग्रेस सभापती तथा पुर्व प्रधानमन्त्री श्रेदय नेता शेर बाहादुर देउवा, नेपाली काङ्ग्रेसका महामन्त्री पुर्ण बहादुर खड्का र पुर्व गृह राज्यमन्त्री ,नेपाली काङ्ग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ रहेका थिए ।

उक्त भेटावार्तामा समसामयिक राजनितिक बिषयमा छलफल गर्नुका साथै भेटमा उनलाई बधाई तथा शुभकामना समेत दिएको जनाइएको छ ।