काठमाडौँ –ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई कलंकी र बसपार्कबाटपक्राउ गरको छ ।


ADVERTISEMENT


उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढि भाडा लिई ठगी गर्ने पक्राउ परेका हुन ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षिया हृदय नारायण साह रहेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जनाएका छन् । उनका अनुसार साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग ३ गुणासम्म बढी भाडा लिएका थिए । त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षिय कृष्ण चौधरीलाई समेत आज ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ ।

पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति २५ सयदेखी ३ हजारसम्म लिने गरेका थिए । उनले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निग्रानी गरि हालसम्म महाशाखाले अठ्ठाइस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।

‘महाशाखले निषेधाज्ञा लागू भएपश्चात बढी भाडा लिई यात्रु ठग्नेविरुद्ध कारवाही अभियान संचालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेका छौं ।’ एसएसपी भट्टराईले भने, ‘टोलीले सूचना संकलन गर्ने, निग्रानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको छ ।’

महाशाखाले निरन्तर अनुगमन र गोप्य निगरानीमार्फत तोकिएको भन्दा बढी भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिने गरेको र पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु समेत बढी भाडा लिएको कसुरमा पक्राउ परेको उनले बताए ।

निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, प्रमुख, महानगरिय ट्राफिक प्रहरी महाशाखा, ९८५१२८०४४१