काठमाडोँ– अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपालमा तत्कालका लागि भ्रमणमा ननिस्कन सुझाव दिएको छ ।


ADVERTISEMENT


कोभिड१९ को बढ्दो संक्रमितको संख्यालाई कारण देखाउँदै अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल फोरको देशमा सुचीकृत गरी सो सुझाव दिएको हो ।


ADVERTISEMENT

# # #


यससंगै नेपालस्थित अमेरिकी दुतावासले नेपाल सरकारसंग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव समेत गरेको छ । यद्यपि यस विषयमा भने सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यता दुतावासले भने यसअघि आफ्ना घर फर्किनका लागि नाम दर्ता नगराएकालाई पनि आफ्नो नाम दर्ता गराउन आग्रह गर्दै यस विषयमा सरकारबाट केहि प्रतिक्रिया आएको खण्डमा अमेरिकी नागरिकलाई सो जानकारी दिने जनाएको छ ।