काठमाडौँ– कास्की, अन्नपूर्ण गाउँपालिका-४ बस्ने ७७ वर्षीय लिलाधर जैसीको आगोले जलेर बुधबार बेलुकी मृत्यु भएको छ ।


ADVERTISEMENT


सोही ठाउँस्थित राम्चे सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


धादिङ, थाक्रे गाउँपालिका-५ गैरिखर्क बस्ने ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठुली तामाङको आगोले जलेर बुधबार राति मृत्यु भएको छ ।

लामाको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उनीहरू जलेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । आगलागीबाट घर पूर्ण रूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबको धनमाल नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।