काठमाडौँ – सरकारको संसद् विघटनको निर्णयविरुद्ध प्रचण्ड नेपाल समूहले आज देशैभरी प्रदर्शन गर्ने भएको छ ।


ADVERTISEMENT


संसद् पुनस्र्थापनाका लागि मंसिर ११ देखि विरोध प्रदर्शन गरिरहेको प्रचण्ड नेपाल समूहले काठमाडौँमा मात्र ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर, जमल, भृकुटीमण्डल र नक्शालबाट जुलुस निकाल्ने तयारी उक्त समूहले गरेको छ ।


ADVERTISEMENT

# # #


गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद बिघटनको सिफारिश गरेका छन् । सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस सदर गरेकी थिइन् ।

प्रधानमन्त्तीको उक्त निर्णयपछि प्रचण्ड नेपाल समूहले निरन्तर सरकारकाविरुद्ध प्रदर्शन गरिरहेको छ ।