काठमाडौं – प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगको आठौं संस्करण जेठ १९ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेण्डरअनुसार उक्त प्रतियोगीता जेठ १९ देखि २६ गतेसम्म हुने जानकारी दिएको हो । गत चैत्र महिनामा काठमाडौंमा आयोजित एनभीए क्लब च्याम्पियनसिपबाट छानिएका पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले क्लब लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा एक टिमबाट तीन बिदेशी खेलाडी राख्न पाइने संघले जनाएको छ ।


ADVERTISEMENT

# # #


लिगमा महिला तथा पुरुषतर्फ उपाधि विजेताले समान ८ लाख रुपैयाँ पुरस्कार पाउँछन् । दोस्रो हुनेले ४ लाख र तेस्रो हुनेले रु दुई लाख प्राप्त गर्ने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । उनले भलिवलको कवर्ड हल बनाउनका लागि सरकारसमक्ष कुरा राखिसकेको भन्दै आगामी आर्थिक बर्षमा कवर्ड हल निर्माणको काम सुरु हुने बताए । उनले काठमाडौंमा जग्गा नपाएकाले कवर्ड हल निर्माणमा ढिलाई भएको धारणा राखे ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार तथा विधागततर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनाही २०–२० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । प्रतियोगीता सम्पन्न गर्न रु ७५ लाख खर्च हुने अनुमान गरिएको छ ।