काठमाडौँ – चरम मल अभावकाबीच पनि धान उत्पादन हालसम्मकै उच्च देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिअनुसार चैतेधान र वर्षेधान दुबै गरी अघिल्लो वर्षको भन्दा ७० हजार ८ सय मेट्रिक टन धान वृद्धि भएको छ ।


ADVERTISEMENT


यस वर्ष नेपालमा धान उत्पादन ५६ लाख २१ हजार मेट्रिक टन भएको छ, जुन हालसम्मकै उच्च हो । गत वर्ष नेपालमा ५५ लाख ५० हजार ८ सय ७९ मेट्रिकटन धान उत्पादन भएको थियो ।


ADVERTISEMENT

# # #


विज्ञप्तिअनुसार यस वर्षको उत्पादकत्व ३ दशमलव ८२ पुगेको छ, जुन गतवर्षको भन्दा शून्य दशमलव २८ प्रतिशत बढी हो । यो उत्पादकत्व हाल सम्मकै उच्च हो ।