काठमाडौँ – पठाओ चालकले आफ्नै कार्यालयमा ढुङ्गा मुढा प्रहार गरेर तोडफोड गरेका छन् । गत सोमवारदेखि आन्दोलनरत पठाओ चालकले कार्यालय तोडफोड गरेका हुन् ।


ADVERTISEMENT


तोडफोडबाट कार्यालयका झ्याल फुटेका छन् भने अन्य सामान्य क्षति भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पठाओ चालकहरु कमिशन २० प्रतिशतबाट घटाएर ८ प्रतिशतमा झार्नुपर्ने, चालकको बीमा गर्नुपर्ने, राइडरलाई निलम्बन गर्नुपूर्व जानकारी गराउनुपर्ने, यात्रुको मात्र नभएर चालकको पनि गुनाशो सुन्नुपर्ने, चालकले पनि यात्रुको अनुरोधलाई अस्वीकार गर्न पाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । जसमध्ये पठाओले चालकको बीमाका लागि एभरेष्ट इन्सोरेन्ससँग सम्झोता गरी प्रक्रिया अघि बढाइसकेको छ । यद्यपि, तत्काल कमिशन घटाउन नसकिने कम्पनीको अडानपछि चालकहरूले कार्यालय तोडफोड गरेका हुन् ।

कम्पनीले कम्पनी घाटामा गएको र कमिशन घटाए कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउने भएकाले घटाउन नसक्ने बताइरहेको छ । अन्तरराष्ट्रिय मापदण्डअनुसार कमिशन शुल्क राखिएको र प्रविधि पनि अत्याधुनिक प्रयोग गरिएकाले कमिशन घटाउन नसकिने भनाइ कम्पनीको छ । कोभिडका कारण कम्पनी पहिले नै घाटामा चलिरहेको पठाओका क्षेत्रिय निर्देशक असिममान सिँह बस्नेतले बताए ।

कमिशन नघट्ने बताइएपछि चालकहरुले पठाओको कार्यालय तोडफोड गरेका हुन् । तोडफोडपछि आक्रमणमा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कम्पनीले तोडफोडमा संलग्न चालकलाई सस्पेन्ड गर्ने निर्णय गरेको छ ।