काठमाडौँ – प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाण्डौ सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उनले काठमाण्डौ सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालय भित्र म्याग्दी कुहु स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की)को हत्या गरेका थिए । सुनमायाले मोवाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए ।

बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समर बहादुरलाइ आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त किर्तिपुर पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।