काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार सम्ममा नीजि आवास पुनर्निर्माण सम्पन्न गर्ने दावी गरेपनि कोभिड १९ का कारण प्रभावित भएको छ । गत आर्थिक वर्षमा नीजि तर्फ सबै घर बनाईसक्ने भनिएपनि लक्ष्यको ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।  अनुदान सम्झौता भएका ७ लाख ८७ हजार ७ सय ७२ घर मध्ये असार मसान्तसम्ममा ५ लाख ७ हजार ६ सय २३ घर निर्माण सकिएको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।


ADVERTISEMENT


उहाँले भन्नुभयो, ‘नीजि आवासतर्फ सत प्रतिशत निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेका थियौं । कोभिड १९ का कारण ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।’ प्राधिकरणको आफ्नै कार्यकाल पनि आगामी पुषमा सकिदैछ ।विद्यालयतर्फ ५ हजार ३ सय र सम्पदा तर्फ ४ सय २ वटा भवन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । पुष सम्ममा सवै क्षेत्रको पुनर्निर्माण ९० प्रतिशत सक्ने लक्ष्य रहेको सहप्रवक्ता घिमिरेले बताउनुभयो ।


ADVERTISEMENT

# # #