काठमाडौँ —  कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन(मापसे) चेकिङ गर्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मापसे चेकिङ र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्ने जनाएको छ ।


ADVERTISEMENT


त्यस्तै लकडाउन सुरु भएपछि महाशाखाले ट्राफिक नियम उल्लघंन गरेबापत गरिने आर्थिक कारबाही पनि बन्द गरेको थियो । लेन मिच्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, नो पार्किङमा पार्क गर्ने, ओभर स्पिडमा गुडाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेहरुमाथि बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘ट्राफिक नियम उल्लघंन गर्नेलाई चिट काटेर आर्थिक कारबाही पनि सुरु गरेका छौं,’ उनले भने ।


ADVERTISEMENT

# # #


महाशाखाले सार्वजनिक यातायातको अनुगमन गर्न महिला ट्राफिक प्रहरीको टोली परिचालन गरेको जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको, ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने र कारबाही गर्ने एसएसपी ढकालले बताए ।