काठमाडौँ– नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प नभएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै यसको विकल्प नभएको बताएका हुन् । सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने उनको दाबी छ ।


ADVERTISEMENT

# # #


सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने जनाउँदै गुरुङले राष्ट्रिय स्वाधिनताका साथै देश र जनतालाइ हितमा राख्दै सरकारले काम गरिरहेको जनाए । उनले राष्ट्रियता र जनताको मुद्धाहरुमा कम्युनिष्टहरु दृढ रहेको धारणा प्रस्तुत गरे ।

त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भएपनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पूँजी भित्राउन प्रोत्साहित गरेको धारणा राखे ।