राहुल गुप्ता, पर्सा – वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसारसो टोलीले टिनको बक्सा फुटालेर रकम चोरेका थिए । बैंकबाट चोरी भएको सूचना पाएलगत्तै प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंक भित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो।

त्यसको आधारमा पनि चोर सम्बन्धित व्यक्तिहरुलाई समयमै पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।