काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रममन्त्री डीपी अर्यालले श्रमिकहरुको समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सार्वजनिक गरेका हुन् । श्रमाधान कार्यक्रम मन्त्रालयको वृहत् र व्यवहारिक योजना भएको भन्दै यसले नेपाली नागरिकको श्रम र रोजगारको बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा समाधान गर्ने मन्त्री अर्यालले बताए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रम अन्र्तगत इन्द्रेणीका सात रङअनुसार विभिन्न योजना रहेको उनले सुनाए । जसअनुसार सीपको प्रयोग, रोजगार बैंक, श्रमिक कानून, कल सेन्टर लगायत रहेको मन्त्री अर्यालले जानकारी दिए ।

उनले यसअघि मन्त्रालयले श्रमिक कल सेन्टर सञ्चालनमा ल्याएपछि त्यसले मात्रै सवै समस्या समाधान गर्न नसकेका कारण त्यसलाई बृहत रुप दिदै नयाँ श्रमाधान योजना तयार गरिएको जिकिर गरे । उनले मन्त्रालयलाई विदेश मान्छे पठाउने मन्त्रालयको भाष्यलाई परिवर्तन गर्दै देशमा नै रोजगारी सिर्जना गर्न आन्तरिक रोजगार महाशाखा नै स्थापनाको अन्तिम चरणमा रहेको जनाए ।

आन्तरिक रोजगार सिर्जना गर्ने र देशभित्रै स्वरोजगार बनाउनेमा सरकारको ध्यान केन्द्रित रहेको उनले बताए । मन्त्री अर्यालले सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका साथै सफल बनाउन आह्वान समेत गरे ।