Author: Himalaya Post

कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

काठमाडौँ – कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण...

Read More

सुनको मूल्य रु एक हजार ८०० ले ह्रास

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला...

Read More

‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा प्रशारण हुँदै

काठमाडौ – डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको रहेको छ । ‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत र समिर जोशी लगायतको बडो गजबको अभिनय रहेको छ । यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता...

Read More

दोस्रो चरणको लकडाउन अन्त्य गर्दै बेलायत, क्रिसमसमा भेटघाट गर्ने दिइने

एजेन्सी – कोरोना संक्रमण बढ्दै गएपछि बेलायतले गरेको दोस्रो चरणको लकडाउन अन्त्य गर्ने तयारी गरेको छ । बेलायत सरकारले डिसेम्बर २ पछि देशव्यापी लकडाउन अन्त्य गरी क्षेत्रगत प्रतिवन्ध लगाउने निर्णय गरेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार संसद्मा बोल्दै लकडाउन अन्त्यको तयारी गरिएको जानकारी दिए । उनले क्रिसमसमा घर घरमा मानिस भेट्ने वातावारण समेत मिलाइने बताए । डिसेम्बर २२ देखि २८ गतेसम्म सरकारले भेटघाट गर्न दिने तयारी गरेको हो । यद्यपि, क्रिसमसमा केही प्रतिवन्ध भने कायम राखिने उनले बताए...

Read More

कोरोना संक्रमित मन्त्रीलाई खोकी बढेपछि हेलिकप्टरमा काठमाडौँ ल्याइयो

काठमाडौँ – कोरोना संक्रमित वागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ । उनमा खोकी बढेपछि उपचारका लागि काठमाडौँ पठाइएको सचिवालयले जनाएको छ । हेटौँडाका डाक्टरले थप उपचारका लागि काठमाडौँ लान सिफारिस गरेपछि काठमाडौँ लगिएको मन्त्रीका स्वकिय सचिव सुरज थपलियाले बताए । गत मंसिर ५ गते गरिएको स्वाब संकलनमा मन्त्री लामालाई कोरोना संक्रमण पुष्टि भएको थियो...

Read More